
काठमाडौं, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडहरू नेपालीका साझा चाडपर्व भएको बताएका छन् ।
मगर, थारु र छन्त्याल लगायतका आदिवासी जनजाति समुदायको प्रमुख सांस्कृतिक चाड एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघेसङ्क्रान्ती, माघी पर्व–२०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो,’ उनको सन्देशमा भनिएको छ, ‘यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु छन् । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडहरु नेपालीका साझा चाडपर्व हुन् ।’
सकारात्मक काम र ऊर्जाको थालनीका रुपमा समेत मनाइने यस पर्वले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको उपराष्ट्रपछि पुनको भनाइ छ ।















प्रतिक्रिया