शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रेका ग्राहकले शून्य प्रतिशत ईएमआईमा साओमी र पोको फोन किन्न पाउने

दैनिक नेपाल २०७८ पुष ३० गते २१:२५

काठमाडौं, ३० पुस । माछापुच्छ्रे बैंकका ग्राहकहरूले शून्य प्रतिशत इक्वेटेड मन्थ्ली इन्स्टलमेन्ट (ईएमआई)मा साओमी, पोको फोन र अन्य इलेक्ट्रोनिक सामानहरु किन्न पाउने भएका छन् ।

उक्त सुविधाका लागि बैंकले भिस्टल इम्पेक्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापश्चात बैंकको इन्स्टा–पे सुविधामार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरीद गर्दा शून्य प्रतिशतमा किस्ता सुविधा प्राप्त गर्न पाइने छ ।

सम्झौतापत्रमा भेस्टल इम्पेक्सका डाइरेक्टर नितेश कुमार मुन्द्र तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्स्टा–पेमार्फत रू. १५ हजारदेखि एमआई साओमी र पोको ब्राण्डका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरीद गर्न सक्ने छन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टा–पेबाट पाउन सक्ने बैंकले जनाएको छ ।

हाललाई यो सुविधा भेस्टल इम्पेक्स प्रालिको काठमाडौंस्थित शोरुममार्फत मात्रै प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित