बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनसीसी बैंकको २४औं वार्षिक साधारणसभाले पारित गर्‍यो ८.४२% लाभांश

दैनिक नेपाल २०७८ पुष ३० गते ९:२२

काठमाडौं, ३० पुस । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा हिजो बिहीबार सम्पन्न साधारणसभाले शेयरधनीका लागि ८ दशमलव ४२ प्रतिशत लाभांश समेत पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको हो । सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८हजार १४ पुग्ने छ ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको जनाएको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनसपछि रू. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ वटा शाखा, १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम वुथ सञ्चालन गरी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित