
काठमाडौं, ३० पुस । बैंकिङ कसूर मुद्दाका फरार खोटाङका प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका–९ स्थायी घर भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त मुद्दामा राईविरुद्ध ४० लाख रुपैयाँ बिगो ठहर भइ उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीबाट पक्राउ गरेको बताएको छ ।
उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया