६ कार्तिक २०८३, शुक्रबार

नबिल र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।

दुबै बैंकले मर्जर/एक्विजिसनसम्बन्धी गठन गरेको संयुक्त समितिले गरेको सिफारिसअनुसार दुई बैंकबीच प्रारम्भिक सम्झौता भएको हो । अिजो बिहीबार साँझ बसेको दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति)सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

एक्विजिसनसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेको संयुक्त मर्जर/एक्विजिसन कमिटी बनाइएको थियो ।

सो कमिटीमा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा रसञ्चालक अमन शाह सहभागी थिए । उक्त कमिटीको सदस्यसचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहेका छन् ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नका लागि भएको समझदारीपत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको बताइएको छ ।

उक्त प्रारम्भिक शेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रूपमा तय हुने प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तीलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैकहरूको दीर्घकालीन रणनीतिक योजना समेतलाई दृष्टिगत गर्दै सम्झौता गरेर अघि बढेको बताएका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्तीपश्चात बैंक बाणिज्य बैंकहरूमध्ये सबै सूचकांकहरूमा ठूलो र विश्वसनीय बन्ने विश्वास गरिएको छ ।

बैकहरूले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्तीपश्चात बैकको प्राथमिक पूँजी रू. ४३ अर्ब, चुक्ता पूँजी रू. २२.५ अर्ब, कर्जा रकम रू. ३०० अर्ब र निक्षेप रकम रू. ३१४ अर्ब पुग्ने बताइएको छ । गैरकोषमा आधारित व्यवसायको आकार रू. १३० अर्ब भन्दा माथि पुग्ने जनाइएको छ ।

शाखा सञ्जाल तत्कालै २३५ पुग्ने छन् । ग्राहक संख्या १६ लाख भन्दा माथि पुग्नेछ । नबिल बैंकले दीगो बैकिङ्गलाई समेत केन्द्रविन्दुमा राखेर आफ्नो व्यावसायलाई अगाडि बढाउँदै आएको छ भने डिजिटल बैंकिङलाई समेत ग्राहकको आवश्यकताअनुरूप अघि बढाउँदै जाने बताइएको छ ।