शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गोकुल बास्कोटाको प्रश्न– मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू कता हराए ?

दैनिक नेपाल २०७८ पुष २९ गते २०:१९

चितवन, २९ पुस । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँस्ने मन्त्रीहरू राष्ट्रियताको मुद्दामा बेपत्तासँग हराएको बताएका छन् ।

नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार र सरकारका ‘देशभक्त’ मन्त्रीहरू चुपचाप लागेर बसेकोप्रति उनले तीखो आलोचना गर्दै बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा पनि चुप लागेर बस्ने सरकार र सरकारका मन्त्रीहरूलाई आफूले टर्च नभई टुकी नै बालेर खोजिरहेको  बताएका छन् ।

नेपालको नक्सामा भएको । संसदबाट सर्वसम्मतिले पास गरिएको भूमिमा भारतीय अधिकारीहरूले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू कता हराए भन्दै उनले प्रश्न गरेका छन् । ‘लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस् । म मन्त्रीहरू खोज्दै छु । देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु । खै कहाँ गए । त्यस विषयमा बोल्नुपर्दैन । एमाले बोल्यो,’ उनले भने ।

एमालेको नेतृत्वमा बनेको तत्कालीन सरकारविरुद्ध आलोचना गर्ने क्रममा नेतृ रामकुमारी झाँक्रीले मुखमा कालो टेप टाँसेर ‘बोल्न पाइन्छ’ भन्दै सार्वजनिक सभामा उत्तेजित भाषण गरेकी थिइन् । उनै झाँक्री अहिले सरकारमा मन्त्री बनेकी छिन् । तर, त्यतिबेला आफूलाई खुबै राष्ट्रवादी ठान्ने झाँक्री मन्त्री बनेको बेला नेपाली भूमि खुलेआम मिचिदा पनि केही नबोलेकोप्रति बास्कोटाको अभिव्यक्ति लक्षित थियो ।

बास्कोटाले समग्र सरकारलाई परमादेशी सरकार भन्दै आलोचना गर्दै आएका छन् । परमादेशी सरकारका देशभक्त मन्त्रीहरूलाई आफूले टर्च नभइ टुकी नै बालेर खोजी गरिरहेको उनको टिप्पणी छ ।

सरकारले केही नबोले पनि एमालेले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने काम भारतले तत्काल रोकोस् भन्दै चेतावनीपूर्ण वक्तव्य जारी गरिसकेको छ ।

हिजो मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेले भनेको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ । हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित