बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७८ पुष २९ गते १६:२२

काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १० हजार ४९८ जनामा आरटी–पीसीआर गर्दा २ हजार ९२२ जना र ४ हजार ५८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ जना गरी आज ३,५५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ । यो कुल संक्रमितको ९६.९ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४९ लाख ६७ हजार ७८६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १४ हजार ३४० जना आइसोलेसन र १२२ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित