८ कार्तिक २०८३, आइतबार

लोहनी सरुवा प्रकरणः स्वास्थ्यमन्त्री बिरोध खतिवडाको निर्णयमाथि प्रधानमन्त्री देउवाको अंकुश

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस। स्वास्थ्यमन्त्री बिरोध खतिवडाको निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवाले अंकुश लगाएका छन्। वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्ति प्रकरणमा यस्तो भएको हो।

खतिवडाले डा. गुणराज लोहनीको सरुवा वीर अस्पतालको प्रमुखमा गरेका थिए। तर, कांग्रेस सम्बद्ध कर्मचारी युनियनले त्यसको विरोध गरेको थियो। उक्त विषय प्रधानमन्त्री देउवासम्म पुगेपछि ठाडो आदेशमा लोहनीको सरुवा रोकिएको छ।

५ महिना सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै देउवालाई कुरा लगाइएको थियो। कांग्रेसका नेताहरुले समेत देउवालाई उक्त सरुवा रोक्न भनेका थिए।