८ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । बिहीबार देशभर कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३८ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै १ हजार १६८ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा २३६ जना र भक्तपुरमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या मात्रै ६ हजार ६३२ जना छ । त्यसमध्ये सबैभन्दा बढी काठमाडौंमा ४ हजार ५११ जना, भत्तलपुरमा ८२५ जना र ललितपुरमा १ हजार २९६ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार आज बिहीबार प्रदेश १ मा २४३ जना, प्रदेश २ मा ८३ जना बागमती प्रदेशमा १ जार ७२० जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बिनी प्रदेशमा १४६ जना कर्णाली प्रदेशमा १९ जना र सुदूरपश्चिम प्रदेशमा ७० जना नयाँ संक्रमित थपिएका छन् ।

बुधबार देशभर कति थपिए कोरोना संक्रमित ?

यसैबीच बितेको २४ घण्टामा देशभर ९ हजार ५१ जनाको आरटी–पीसीआर गर्दा २ हजार ४४८ जना र ३ हजार ९८५ जनाको एन्टिजेन परीक्षण गर्दा ६२७ जना गरी आज ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ३८ हजार ३७५ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ७६ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल २ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४९ लाख ५७ हजार २८८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ११ हजार ६९० जना आइसोलेसन र २१८ जना क्वारेन्टिनमा छन् ।