६ कार्तिक २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी वृत्त लैनचौरलाई सडक ब्यारिगेट हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडां, २८ पुस । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारिगेट हस्तान्तरण गरेका छन् । साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद खनालको पनि उपस्थिति थियो ।

बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाका लागि सडक ब्यारिगेट हस्तान्तरण गरेको बैंकले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।