८ कार्तिक २०८३, आइतबार

१५ माघसम्म स्कुलहरू बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस। १५ माघसम्म देशभरका स्कुलहरू बन्द गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सीसीएमसीसीले आइतबार विभिन्न मन्त्रालय अन्तर्गत कोभिड नियन्त्रणका लागि सुझावसहितको प्रस्ताव गरेको थियो।

सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्न पनि भनिएको थियो।

सीसीएमसीसीले अन्य क्षेत्रका विषयमा पनि विविध सिफारिस गरेको र ति सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूले निर्णय गर्ने तयारी गरेका छन्। केही दिनदेखि कोभिड संक्रमण दर ह्वात्तै बढेको छ।