बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बाँकेको खजुरामा स्वास्थ्य शिविर सम्पन्न, ८९६ जना सर्वसाधारण लाभान्वित

दैनिक नेपाल २०७८ पुष २६ गते १०:००

काठमाडौं, २६ पुस । नेपाली सेनाले बाँकेको खजुरा गाउँपालिका–३ मा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ ।

नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

गत शनिबार स्थानीय ज्ञानोदय नमूना माविमा आयोजना भएको कार्यक्रमलाई लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्ज, खजुरा गाँउपालिका तथा बाँके जिल्लामा तैनाथ भैरव प्रसाद गणको समन्वय एवम् सहकार्य गरेका थिए ।

शिविरमा जनरल सर्जरी, स्त्री रोग, आँखा जाँच, बाल रोग, नाक, कान, घाँटी, हार्डजोर्नी तथा छाला रोगको परीक्षण गरिनाका साथै निःशुल्क औषधि समेत वितरण गरिएको बताइएको छ ।

स्वास्थ्य शिविरबाट ५५१ जना महिला, ३०७ जना पुरुष र ३८ जना बालबालिकाले सेवा प्राप्त गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित