
काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज काठमाडौंमा आयोजना गर्ने भनिएको संघी निर्वाचन क्षेत्र नं. १ को भेला स्थगित गरेको छ ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएपछि आज बिहान ११ बजेदेखि शुरू हुने भेला स्थगित गरिएको पार्टीकी पोलिट्व्युरो सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष पवित्रा भुषालले जानकारी दिएकी छिन् ।
उक्त भेला केही दिनमै भर्चुअल विधिबाट आयोजना गरिने उनले बताएकी छिन् ।















प्रतिक्रिया