
काठमाडौं, २६ पुस । काठमाडौंको छुट्टाछुट्टै दुई ठाउँमा दुर्घटना हुँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा परी कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विकलाई काठमाडौंको बिजुलीबजारस्थित सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो । २२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।
यस्तै गौतमलाई काठमाडौंको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२–० ३१ प ७५६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।















प्रतिक्रिया