मंगलबार, ११ माघ २०७८
DainikNepal.com
मंगलबार, ११ माघ २०७८

कोरोना संक्रमितको संख्या अझ बढ्यो, २४ घन्टामा ११६७ मा पुष्टि

दैनिक नेपाल २०७८ पुष २५ गते १७:०३

काठमाडौं, २५ पुस । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । २४ घन्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार ६३२ नमुना परीक्षण गर्दा देखिएको संख्यामा ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित फेला परेका हुन् ।

संक्रमणदर ९.५ प्रतिशतका आधारमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित