८ कार्तिक २०८३, आइतबार

ओलीको आक्रोशः मेरो नक्कली ज्वाँई खडा गरी सरकार भ्रष्टाचार लुकाउन खोज्दैछ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूह प्रकरणमा टिप्पणी गरेका छन्। उनले अहिलेको सरकारले बतास समूहका अध्यक्ष आनन्द बतासलाई आफ्नो नक्कली ज्वाँई भनी प्रचार गर्न लगाएको बताए।

बतास समूहलाई अहिलेको सरकारले संरक्षण गरेको पनि उनले बताए। ‘यो सरकारले नारायणहिटी कप्लक्क खाइसकेको छ अनि आफ्नो भ्रष्टाचार लुकाउन केपी ओलीको ज्वाँई भनी मिडियामा प्रचार गराउँछ’, ओलीले भने।