८ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमण बढेपछि उपत्यकाका सीडीओहरूको बैठक, निषेधाज्ञाका स्वरुप तयार गरिँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस। कोरोना संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकाका तीन जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले संयुक्त बैठकको पूर्वतयारी गरेका छन्।

सोमबार तीन जिल्लाका सीडीओको बैठक हुन सक्ने स्रोतले जनाएको छ। त्यसका लागि ललितपुर र भक्तपुरका सीडीओले आइतबार सर्वपक्षीय छलफल गर्दैछन्।

उक्त छलफलमा आएको सुझावका आधारमा काठमाडौंसहित तीन जिल्लाका सीडीओको बैठक राखी निषेधाज्ञाका स्वरुप तयार गरिने बताइएको छ।

केही दिनयता कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितसहित कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीहरेको छ।