३ मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री देउवा–एमाले अध्यक्ष ओली ‘वान टु वान’ वार्तामा के छलफल भयो?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार एक घन्टा ‘वान टु वान’ वार्ता भएको छ।

संसदको अवरोध खोल्ने आग्रहका साथ ओलीको भक्तपुर बालकोटस्थित निवासमा पुगेका प्रधानमन्त्री देउवा वार्ता सकेर फर्किएका छन्। उनले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

स्रोतका अनुसार दुवैबीचको वार्तामा संसदको अवरोध फुकाउनेसहित मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा पनि कुराकानी भएको छ।

वार्तापछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने छोटो प्रतिक्रिया दिएका छन्। उनले भने,‘वार्ता राम्रो भयो।’ यसबाहेक ओलीले अरु प्रतिक्रिया दिएनन्।