३ मंसिर २०८३, बिहिबार

महाधिवेशनबाट माओवादी नेतामा कोरोना फैलिएको आशंका, प्रचण्डलाई बधाई दिने अधिकांशमा संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन जाने युवादेखि विद्यार्थी नेताहरूमा कोरोना संक्रमण भएको छ।

आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको हो। प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भइसकेको छ।

यसका साथै, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, प्रचण्डलाई बधाई दिन गएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डे, अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह संक्रमित भएका हुन्।

यस्तै, नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ। महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको छ। महाधिवेशनमा सहभागी सबैलाई चेकजाँच गराउन सुझाव दिइएको छ।