३ मंसिर २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट जाँदैछन्।

साढे १० बजे प्रधानमन्त्री देउवाले ओलीलाई निवासमा भेट्ने कार्यक्रम तय भएको छ। संसदको गतिरोध हटाउनका लागि प्रधानमन्त्री देउवाले ओलीलाई आग्रह गर्नेछन्।

सरकार सम्बद्ध दलको समन्वय संयन्त्रको शुक्रबारको बैठकले प्रधानमन्त्री देउवाले ओलीलाई भेटी संसद खुलाउन आग्रह गर्नुपर्ने निचोड निकालेको थियो।