
काठमाडौं, २४ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा असहजता देखिएको छ। उनलाई कोरोना संक्रमण पनि पुष्टि भएको छ।
प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार पीसीआर परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।
‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, सचिवालयले भन्यो,‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं।’
डाक्टरको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ।











प्रतिक्रिया