
काठमाडौं, २४ पुस। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
पीसीआर परीक्षण गर्दा कोरोना देखिएको र अब १४ दिन आइसोलेसनमा बस्ने श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु, कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु।हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु’, उनले फेसबुकमा भनेका छन्।
माओवादीका अधिकांश नेतालाई कोरोना भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भेटघाट बन्द गरेका छन्।











प्रतिक्रिया