
काठमाडौं, २३ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्र मुख्य प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसदको अवरोध हटाउन संवाद गर्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता संयन्त्रको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए।
रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रको बैठकले राष्ट्रिय सभा चुनावका विषयमा पनि छलफल गरेको थियो।











प्रतिक्रिया