३ मंसिर २०८३, बिहिबार

पूर्वडीआईजी खरेलको नेसुपा पार्टी निर्वाचन आयोगमा दर्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस। नेपाल प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी (नेसुपा) निर्वाचन आयोगमा दर्ता भएको छ।

एक विज्ञप्तिमार्फत खरेलले उक्त जानकारी दिएका हुन्। नेसुपाका ४७ जना केन्द्रीय सदस्यको आयोगले सनाखत गरी पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो।

नेसुपाको विचार, सिद्धान्त भने अहिलेसम्म सार्वजनिक भएको छैन। एक सभा आयोजना गरी उक्त काम हुने खरेलले जनाएका छन्।