९ कार्तिक २०८३, सोमबार

१० वर्षे शिक्षा क्षेत्र योजना सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २३ पुस । बर्दियाको बारबर्दिया नगरपालिकाले १० वर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ ।

हिजो बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले १० बर्षको शिक्षा क्षेत्र योजना, बारबर्दिया गौरव स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरीको विमोचन गरेको हो ।

१० वर्षे शिक्षा क्षेत्रको योजनामा आगामी १० वर्षमा बारबर्दियाको शैक्षिक क्षेत्रमा के कस्ता कार्यक्रम गर्ने, कस्तो नीति बनाउने, के कति बजेट विनियोजन गर्ने र कुन–कुन शैक्षिक सुधारका कार्यक्रम गर्ने भन्ने बारेमा समेटिएको छ । त्यसैगरी योजनामा शैक्षिक बर्ष २०८७ सम्म शिक्षाका सम्पूर्ण सूचकहरुलाई शतप्रतिशत सम्म पुर्याउने लक्ष्य राखिएको छ ।

स्थानीय सरकारले शिक्षा क्षेत्रको १० वर्षे योजना बनाएको नेपाल कै पहिलो भएको दाबी बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले गरेका छन् ।

त्यसैगरी कार्यक्रममा कक्षा १, २, ३ र ६ को बारबर्दिया गौरव नामक स्थानीय पाठ्य पुस्तक पनि विमोचन गरीएको छ । बारबर्दिया नगरपालिकाको वस्तुस्थिति, कला सँस्कृति रहन सहन लगाएतका विषय वस्तू समेटेर केही समय अगाडी पाठ्यक्रम सार्वजनिक गरेको नगरपालिकाले सोही पाठ्यक्रममा आधारीत रहेर पाठ्यपुस्तक निर्माण गरेको हो । यता शिक्षकहरुलाई शिक्षण गर्न सहज र व्यवस्थित गराउनका लागि शिक्षक डायरीको निर्माण गरी विमोचन गरीएको छ ।

विमोचन कार्यक्रमको भर्चुअल माध्यमबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शैक्षिक क्षेत्रमा बारबर्दिया नगरपालिकाले गरेको योगदान सराहनीय रहेको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बारबर्दिया नगरपालिकाले नयाँ नीति ल्याएर प्रदेशकै मान बढाएको बताए ।

नगरप्रमुख थारुले बारबर्दियाको १० वर्षे योजनाले नेपाल भरी कै शिक्षा क्षेत्रमा कोशेढुङ्गाको काम गर्ने बताए । उनले शैक्षिक विकास नै विकासको पहिलो खुड्किलो भएको बताउँदै समाज निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै नगरप्रमुख थारुले बारबर्दिया मात्रै देशको शिक्षा क्षेत्रमा २३ प्रतिशत भन्दा बढी शिक्षा क्षेत्रमा बजेट छुट्याउने पहिलो नगरपालिका भएको समेत बताएका छन् ।

– यज्ञप्रसाद सापकोटा