
काठमाडौं, २२ पुस । बिहीबार देशभर कोरोना भाइरसका ५४० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३१० जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै २२१ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ५९ जना र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज बिहीबार प्रदेश १ मा ३४ जना, प्रदेश २ मा १८ जना बागमती प्रदेशमा ३३४ जना, गण्डकी प्रदेशमा ३६ जना, लुम्बिनी प्रदेशमा २९ जना कर्णाली प्रदेशमा ५ जना सुदूरपश्चिम प्रदेशमा २० जना नयाँ संक्रमित थपिएका छन् ।















प्रतिक्रिया