८ कार्तिक २०८३, आइतबार

ट्राफिक चेकिङमा घुस दिने सवारीचालक पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमाठमाडौं, २२ पुस । चन्द्रागिरि नगरपालिका–७ स्थित सडकमा चेकिङमा खटिएको प्रहरी टोलीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन ईच्छाकामना गाउँपालिका–५ का २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँका ५४ वर्षीय केशव गोपाली छन् । उनीहरूले चेकिङका क्रममा प्रहरीलाई ५०० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको बताइएको छ ।

उक्त अभियोगमा मंगलबार बेलुका पक्राउ परेका उनीहरूमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले जाँच गर्दा प्रदेश ३–०२–००४ प ४९७४ नम्बरको मोटरसाइकलका चालक रोशन र मोटरसाइकलमा सवार केशवले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको प्रहरीको भनाइ छ ।