
काठमाडौं, २१ पुस । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा गरी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने ठाकुरलाई अस्पताल न लैजान नपाइएको स्थानीयले बताएका छन् ।















प्रतिक्रिया