८ कार्तिक २०८३, आइतबार

एमाले सिन्धुलीको अधिवेशनमा को–को छन् नेतृत्वका आकांक्षी ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २० पुस । नेकपा (एमाले)को जिल्ला अधिवेशनहरू नजिकिदै जाँदा प्रायजसो सबै जिल्लामा नेतृत्वका आकांक्षीहरू दौडधुपमा लागेका छन् ।

सबै जिल्लामा अधिवेशनको रौनक बढिरहेका बेला सिन्धुलीमा पनि नेतृत्वका आकांक्षीहरूबीच सरगर्मी बढ्न थालेको छ ।

आगामी २३ गते हुने जिल्ला अधिवेशनबाट नेतृत्वमा पुग्नका लागि विनोदकुमार खड्का, प्रदीप कटुवाल, केशवप्रसाद देवकोटा, कुमारबहादुर कार्की ‘रामकुमार’ र कौशल कोइरालाले आकांक्षा प्रस्तुत गरेका छन् ।