मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन : एमाले अध्यक्ष ओली

दैनिक नेपाल २०७८ पुष १९ गते १६:१८

काठमाडौं, १९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् ।

काठमाडौंमा आज सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताएका हुन् ।

खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओलीले यस्तो अभिव्यक्ति दिएको अनुमान गर्न सकिन्छ । प्रचण्ड र माधव नेपाल मिलेर प्रधानमन्त्री ओलीविरुद्ध घेराबन्दी गर्दा तत्कालीन नेकपा नेतृत्वको सरकार ढलेको थियो भने पार्टी समेत फुटेर तीन टुक्रा भएको थियो ।

यो सबै हर्कतमा प्रचण्ड र माधव नेपाल जिम्मेवार रहेको जिकिर गर्दै ओलीले समाजवाद ल्याउनका लागि मुलुकमा कम्युनिष्ट शक्ति बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित