मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

राष्ट्रियसभा निर्वाचन : उम्मेदवार भागबण्डामा काङ्ग्रेसले ६ सीट पायो, कुन दललाई कति ?

दैनिक नेपाल २०७८ पुष १९ गते १३:०३

काठमाडौं, १९ पुस । सत्ता साझेदार दलले राष्ट्रियसभा निर्वाचनका लागि सीट बाँटफाँट गरेका छन् ।

आज सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रियसभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

यसअनुसार कांग्रेसको भागमा ६ वटा, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५ वटा जसपाले २ वटा र जनमोर्चाले एउटा सीट पाउने छन् ।

खाली हुने १९ सीटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाइने बताइएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित