
काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ ।
आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बन्दसत्रमा प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २२६ जनाको नामावली पेश गरेसँगै पारित भएको छ ।
माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने महराले बताए ।
सोमबार बस्ने बैठकले १५ जना पदाधिकारी चयन गर्ने बताइएको छ ।
माओवादीको महाधिवेशन पुस ११ गतेदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको थियो ।















प्रतिक्रिया