
भैरहवा, १७ पुस । भारतमा केही साता यता ओमिक्रोन संक्रमणका कारण आक्रान्त छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतको बिहारसहित २२ राज्यमा ओमिक्रोन भेरिएन्ट फैलिएको छ । तीमध्ये सबैभन्दा धेरै दिल्ली, महाराष्ट्र र केरलामा देखिएको छ ।
तर भारतसँग सिमा जोडिएको देशकै सबैभन्दा बढि चहलपहल हुने भारतिय सिमा नाका रहेको सिद्धार्थनगर नगरपालिकामा भने यसको बेवास्ता प्रशासनबाट नै हुन थालेको छ ।
सुरक्षाको कारण देखाउँदै कृष्ण जन्मअष्टमी र दिपावलीमा कार्यक्रम गर्न रोक लगाउने प्रशाससनले विदेशी नया बर्ष मनाउदा भने प्रहरी खटाएर सुरक्षा दिने गरेको छ ।
प्रहरीको यो रबैयाको बिरोध भैरहवाका केही स्थानियहरुले नै गर्न थालेका छन् । विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेर समाजसेवा गरिरहेका धिरज मल्लिकले शनिवार बिहानै फेसबुकमा लेखेका छन्, “बिडम्बना विगत केही वर्षदेखि (गणतन्त्र पश्चात् ) सिद्धार्थनगर, भैरहवाको लागि विशेष पर्व, आस्था र सौन्दर्यका रुपले मनाइँदै आईरहेको श्री कृष्ण जन्माष्टमी र शुभ दिपावलीमा संस्कारको पतन स्वरुप प्रहरी लगाएर बजार बन्द गराउँदै हिँड्ने प्रशासनले ईस्वी सम्बत (अङ्ग्रेजी नयाँ वर्ष) मनाउनका लागि प्रशासनकै आडमा प्रहरी परिचालन गरि मनाउनु कत्तिको जायज ?”

शुक्रवार राति भैरहवाको सिनपा १२ मा स्थानिय एक लायन्स क्लब भैरहवा गौतमबुद्धले आयोजना गरेको कार्यक्रममा गित गाउन आएका दुर्गेश थापा र प्रिति आलेको कार्यक्रम निर्वाद चलाउन सहयोग गरेको प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको फुड फेस्टिभल भने छिटो सकाउन बारम्बार आयोजकलाई ताकेता गरेको थियो ।
जबकि लुम्बिनीको कार्यक्रममा प्रदेश सरकारका पर्यटन मन्त्री, प्रदेशसभा सदस्यहरु र नगर प्रमुख लगायत विशेष पाहुनाहरु सहभागी थियो । कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र प्रशंसनीय थियो ।
त्यस्तो महत्त्वपूर्ण कार्यक्रम जहाँ सडकमा खानाका स्टलहरु थिए, टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । लुम्बिनी होटल संघ मुख्य आयोजक भएता पनि प्रदेश सरकार, लुम्बिनी सास्कृतिक नगरपालिका, पर्यटन सम्बद्ध संघसंस्था सहआयोजक थिए ।
उक्त कार्यक्रमको मुल उद्धेश्य कोरोनाले थला परेको पर्यटन क्षेत्रमा पुनरुत्थान गर्न सघाउ पुर्याउनु थियो । मानिसहरुको उपस्थित उल्लेख्य थियो त ।
तर एउटा सामन्य संस्थाले निहित स्वार्थको लागि गरेको कार्यक्रम जहाँ न सस्कृतिको चर्चा थियो नत कुनै पर्यटनको कुरा । केबल थियो त विवादित गायक दुर्गेश र प्रितिको प्रस्तुति अनि वियर र रक्सीमा नाचिरहेको जमात ।
पिन्टु बानियाले नेतृत्व गरेको त्यस्तो कार्यक्रममा हजार रुपैयाँको टिकट बेचेर प्रहरीलाई समेत प्रभावित गरि मध्यराति सम्म होहल्ला गर्दा डाँडागाउँका स्थानीयहरु समेत आक्रोशित भएका छन् ।
जनता पथका रामवलि हरिजनले भने, “रातभर हल्ला खल्ला सुत्नै दिएनन् । कार्यक्रम गरेपनि अरुलाई डिस्ट्रब नहुने गरि गर्नु नि ।”
मल्लिकको स्टाटसमा भैरहवाका व्यवसायी सुदिश महासेठले पनि कमेन्ट गर्दै भनेका छन्, “दुर्गेश थापा, प्रीति कटुवालहरुको छाडापन देखाउन प्रहरीको सुरक्षा हुन्छ, भवगान कृष्णको जन्माअष्टमी मनाउँदा, तिहारको झिलिमिलि गराउँदा अवरोध हुन्छ । कस्तो पाराको यो गणतन्त्र नीति हो ?”















प्रतिक्रिया