शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

डब्ल्यूएचओले भन्यो– सन् २०२२ मा कोरोना महामारी पराजित हुने आशा छ

दैनिक नेपाल २०७८ पुष १७ गते ८:४७

न्यूयोर्क, १७ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख डा टेड्रोस अधानोम गेब्रेयेसुले सन् २०२२ मा कोरोना महामारी पराजित हुने आशा व्यक्त गरेका छन् ।

उनले सम्पूर्ण विश्व एक जुट भएर यसको फैलावट रोक्ने काम गरे नयाँ वर्षमा कोरोना महामारी पराजित हुने विश्वास व्यक्त गरे । डब्ल्यूएचओ प्रमुखले खोप वितरणमा भैरहेको निरन्तरको असमानताले भने भाइरस फैलने जोखिम बढ्दै जाने चेतावनी दिएका छन् ।

डब्ल्यूएचओले सन् २०२२ मा विश्वभर ७० प्रतिशत जनसंख्यालाई खोप लगाएर जुलाईको अन्त्यसम्म कोरोना महामारी अन्त्य गर्ने नयाँ लक्ष्य समेत निर्धारण गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलदै गएपछि नयाँ वर्षका कार्यक्रम मनाउन निरुत्साहित गरिएको छ भने विभिन्न प्रतिबन्धात्मक नियमहरुमा कडाइ लागु गरिएको छ ।

दुई वर्षअघि चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । त्यसयता २८ करोड ७० लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५५ लाख मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित