६ कार्तिक २०८३, शुक्रबार

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।

फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ । विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बासडर सन्दीप क्षेत्रीले आइफोन हस्तान्तरण गरेका हुन् । यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन्।

यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।  फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ। फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन्।

यस्तै फोनपेमा हालसम्म  ६ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।