
काठमाडौँ, १३ पुस । एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरि १२ मंसिर २०७८ मा सम्झौता सम्पन्न गरेको छ ।
सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरि भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एस डि सि बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो । नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरि सिफेम र एस डि सी बीचको सहकार्यमा भएको यो लगानी नेपालसंग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा हो ।
सिफेमबाट प्राप्त यस कर्जाको लागि एस डि सी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्दछ । विशेष गरि वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्र्दभिकता अझै महत्वपूर्ण छ ।
सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघुसाना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहँुच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्नेछ ।
नेपालका लागि स्वीट्जरल्याण्डकी महामहिम राजदुत एलिजावेथ भोन क्यापेलरले “स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल – स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको छ । यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघुसाना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ ।” भने ।
त्यसैगरी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै “नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको छ । हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्नेछ ।” भने ।
एनएमबि बैंक र सिफेम बीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो ।
विगतमा समेत यस बैंकले अन्तराष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।
नेपालस्थित स्विट्जरल्याण्डको राजदूतावासको बारेमा
नेपालस्थित स्विट्जरल्याण्डको राजदूतावास नेपालमा स्विट्जरल्याण्डको आधिकारिक प्रतिनिधित्व र संघीय विदेश विभाग (एफडीएफए) को एक हिस्सा हो ।
स्विट्जरल्याण्डले नेपालमा सन १९५९ देखि विकास सहयोग गर्दै आएको छ भने दूतावास सन २००९ मा स्थापना भएको थियो। विकास सहयोग अहिले दूतावासको एकीकृत खण्ड हो ।
एनएमबि बैंक लिमिटेडको बारेमा
एनएमबि बैंक लिमिटेड नेपाली वित्तीय क्षेत्रमा २६ बर्ष देखि वित्तीय सेवाप्रदानगर्दै आएको “क”वर्गको बैंक हो । यो बैंक देशको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो ।
यस बैंकलाई चालु वर्षमा बेलायत स्थित दी फाइनान्सीयल टाइम्सले वर्ष सन् २०२१ को लागि बैंक अफदी ईयर एसिया र बैंक अफदी ईयर नेपालबाट सम्मानित गरेको छ ।
विगत ५ वर्षमा यस बैंकले ४ पटक बैंक अफदी ईयर नेपाल र यस वर्षका लागि बैंक अफदी ईयर एसियाको सम्मानप्राप्त गरेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) को बारेमा
सिफेम, सन २०११ मायसको हालको रूपमा स्थापित, स्विस कन्फेडेरेशनको विकास वित्त संस्था (डीउफआई) हो । सिफेमले विकासोन्मुख र उदीयमान देशहरूमा दीर्घकालीन र दिगोे आर्थिक बृद्धिलाई प्रवर्द्धन गर्दछ्र ।
सिफेमले व्यावसायिक रूपमा साना र मध्यम आकारका कम्पनीहरूका साथै द्रुत रूपमा बढ्दो उद्यमहरूलाई आर्थिक सहयोग प्रदानगर्दै फलस्वरूप आर्थिक सुरक्षा र स्थायित्व सिर्जना गर्दै रोजगारी वृद्धि गर्न र गरिबी घटाउन मद्दत गर्दछ ।















प्रतिक्रिया