६ कार्तिक २०८३, शुक्रबार

नेपामा लञ्च भयो बेनेलीको प्रिमियम स्कुटर ‘प्यानेरिया१२५ ईएफआई’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । इटालियन कम्पनी बेनेलीको पहिलो रेट्रो स्कुटर प्यानेरिया१२५ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

नेपालमा बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त स्कुटर शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरेको हो । नेपालमा बेनेली प्यानेरिया१२५ को मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

इटालियन रेट्रो स्टाइलिङ यो स्कुटरमा फ्युल–इन्जेक्टेड इन्जिन जडित छ । त्यस्तै एलईडी हेडल्याम्प, एलईडी सूचकहरूको साथ एलईडी टेल ल्याम्प, एनालग डिजिटल मीटर, खतराको सूचक, इन्जिन बन्द गर्ने स्विच, आरामदायी सिट, यूएसबी चार्जिङ पोर्ट, अगाडि डिस्क र रियर ड्रम ब्रेकिङलगायत सुविधा यसमा उपल्बध छ ।

नेपाली बजारमा यो स्कुटर सेतो, कालो, निलो र पहेँलो रंगमा उपलब्ध छ । सन् १९७० पछि बेनेलीले उत्पादन रेट्रो स्कुटर ल्याएको यो पहिलो पटक हो ।