६ कार्तिक २०८३, शुक्रबार

कृषि प्रोत्साहनका लागि खल्ती र तिलाठी कोइलाडी पालिकाद्वारा आर्थिक अनुदान शुरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेदारी गरेको छ ।

जसमा आफ्नो क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको छ ।

सप्तरी जिल्लाको दक्षिणपूर्वी पुर्वी भेगमा अवस्थित तिलाठी कोईलाडी गाउँपालिकामा यस अघि सिँचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरणबाट कृषिका काम गरिरहेका थिए भने यो आर्थिक अनुदान कार्यान्वयनमा आए सँगै अब न्युनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरि विभिन्न कृषिजन्य कामका लागि विद्धुतिय उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाले प्रति घर वार्षिक अनुदान रु. १,२००/- कृषि मीटरको महसुल भुक्तानीका साथै प्रति घरको प्रति महिनाको बिजुलीको महसुल रु. ५०/- ९नेपाली रुपैयाँ पचास० अनुदान गर्ने भएको छ। उक्त योजनाको कार्यान्वयनमा ‘खल्ती’ ले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्नेछ ।

यस साझेदारी बारे तिलाठी कोईलाडी गाउँपालिकाका मेयर सतिश सिंह भन्छन्, “यो योजना यस गाउँपालिकामा पहिलो पटक हुन लागेको हो र यस योजनाले यस गाउँपालिकाका विपन्न बस्तीका सम्पूर्ण किसानहरुको जीविकोपार्जनमा टेवा पुर्याउने छ । यस्ता कार्यक्रमले किसानको आर्थिक उन्नति समेत हुने कुरामा म विश्वास गर्दछु । यसैले यस्ता कार्यक्रमको निरन्तरता हुन जरुरी छ र यस्तै खालका अरु कार्यक्रमहरु पनि हामी आगामी दिनमा ल्याउने छौँ ।”

‘‘खल्ती” का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “डिजिटल नेपालको सपना बोकेको खल्ती डिजिटल वालेट, तिलाठी कोईलाडी गाउँपालिकासँग हातेमालो गरेर त्यहाँका किसान वर्गलाई प्रोत्साहन गर्न निकै नै उत्साहित छ । यसका साथै किसानलाई लक्षित गरि अन्य अनुदानका कार्यक्रम बढाउन सरकारी निकायहरुलाई आग्रह गर्न चाहन्छौँ ।”