
काठमाडौं, ९ पुस । शेयरधनीका लागि ११.५ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हिजो बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५५ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा रू. ११७ अर्ब निक्षेप र रू. १०८ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रू. १५२ अर्ब रहेको छ ।















प्रतिक्रिया