
काठमाडौं, ७ पुस । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसिएट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको बैंकले जनाएको छ ।















प्रतिक्रिया