६ कार्तिक २०८३, शुक्रबार

१६.६% लाभांश पारित गर्दै प्राइम बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । १६.६% लाभांश पारित गर्दै प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले सेयरधनीलाई १६.६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । हिजो मंगलबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहबाट गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यसअघि पनि बैंकका सञ्चालक थिए ।

बैंक अध्यक्ष श्रेष्ठले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।