३ मंसिर २०८३, बिहिबार

माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष उम्मेदवारमा चुडाल लोकप्रिय, अध्यक्षमा चुनावको सम्भावना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष तथा कोषाध्यक्षका उम्मेदवार चुडाल

इटहरी, ६ पुस। नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्प नदेखिए पनि अन्य पदमा भने चुनाव हुने सम्भावना रहेको छ। ११ पुसदेखि हुने राष्ट्रिय सम्मेलनको तयारी चलिरहे पनि पहिला प्रदेशका पदाधिकारी टुंगो लगाउने क्रम जारी छन्।

यहि क्रममा बुधबार प्रदेश १ मा नेतृत्वको टुंगो लाग्दैछ। अध्यक्षलगायतका पदका लागि प्रतिस्पर्धा हुने स्पष्ट संकेत मिलेको छ। यद्यपि कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुडाललाई सर्वसम्मत बनाउन नेतृत्वलाई कार्यकर्ताले दबाब दिएका छन्।

चुडाल लोकप्रिय युवा नेतामा गनिन्छन्। उनी युवा व्यावसायी पनि हुन् भने माओवादी आन्दोलनमा उनको भूमिका प्रभावकारी रहेको छ। पुस्तान्तरण र युवामा नेतृत्व हस्तान्तरणको पहिलो चरणका रुपमा चुडालले प्रदेशको कोषाध्यक्ष पदमा दाबी गरेका हुन्।

‘अन्य कस–कसले दाबी गरेका छन् भन्ने कुराको खासै चर्चा छैन तर चुडाल नै कोषाध्यक्ष हुनुपर्छ भन्ने मान्यता राखेका छौं’, माओवादी केन्द्रका नेताहरू भन्छन्,‘विद्यार्थी संगठन हाँकिसकेको मानिसलाई उक्त जिम्मेवारी दिनुपर्छ।’

यता, प्रदेश सम्मेलनले नेतृत्व चयन गर्न नसक्दा संगठनभित्रको दुईधारको रडाको सतहमा आएको छ। उक्त प्रभावका कारण नेतृत्व चयन हुन नसकेको हो।

माओवादीभित्रको मूलधार प्रचण्ड र पूर्वजनमोर्चाको रडाको छ। सुनसरी जिल्लामा नै यसको प्रभाव देखिएको थियो। उक्त प्रभाव प्रदेशभरी नै देखिनेगरी नेतृत्वमा चयन सम्भव भएको थिएन।

बिराटनगरमा हुने प्रदेश कमिटीको बैठकले नेतृत्वको टुंगो लगाउने भनिएको छ। तर आन्तरिक लफडा भने सकिएको छैन। तीन जना उम्मेदवार मध्य कोही पनि ब्याक हुने लाइनमा नरहेको बताइएको छ।

बिराटचौकमा गत २५ र २६ मंसिरमा भएको सम्मेलनले २ सय ६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। उक्त सम्मेलन पदाधिकारी चयन गर्न असक्षम हुँदै सकियो।

प्रदेश अध्यक्षमा सुनसरीका दुई र पाँचथरका एक जनाको दाबी छ। धरानका मुक्साहाङ मेन्याङबो र इटहरीका शिवकुमार डाँगीको दाबी छ भने उता पाँचथरका हर्कबहादुर नेम्वाङले अडान कायम राखेका छन्।

नेतृत्व टुंगो लगाउनका लागि प्रदेश सह–इन्चार्ज अजम्बर काङमाङको संयोजकत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन भएको थियो।

कार्यदलले बुधबार नै सकेसम्म सहमति र त्यो हुन नसकेको खण्डमा चुनावी प्रक्रियाका विषयमा प्रतिवेदन पेस गर्न सक्ने बताइएको छ।