६ कार्तिक २०८३, शुक्रबार

नीतिगत सुधार गरी वैदेशिक रोजगारीलाई व्यवस्थित गरिन्छ : श्रममन्त्री श्रेष्ठ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नीतिगत सुधार गरी वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाइने बताएका छन् ।

श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको उनले बताएका छन् ।

तनहुँमा हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भने, ‘देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको छ ।’

वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरवलोकन गर्न लागिएको जानकारी दिएका छन् ।

रोजगारीका लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वर्द्धनको लागि पहल गर्ने समेत उनको भनाइ छ ।