६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगालेका पाण्डे यस अघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।

कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन् भने सानिमा क्यापिटलको संचालक रहिसकेका छन् । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुने भन्ने विश्वास बैंकले लिएको छ ।