६ कार्तिक २०८३, शुक्रबार

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भएको आगलागीमा २ करोड बढी क्षति

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा भएको आगलागीमा २ करोड रुपैयाँ बढीको क्षति भएको छ ।

सोमबार दिउँसो भएको आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

दिउँसो ३ बजे लागेको आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोलीले करिब ५० मिनेटमा नियन्त्रणमा लिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार इन्भरटरबाट आगलागी सुरु भएको हो । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका दमकल आएकाले आगलागी नियन्त्रण सम्भव भएको प्रहरीको भनाइ छ ।