
काठमाडौँ, ५ पुस । “सबल बंैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले २१ प्रतिशत लाभांश दिने भएको छ ।
पुस २ गते बसेको सञ्चालक समितिको ५०६ औँ बैठकको निर्णयानुसार बैंंककोे बीसौ वार्षिक साधारण सभा २०७८ साल पुसको २५ गते गर्ने भएको छ ।
बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, टुंडिखेल, काठमाडौँमा हुने व्यहोरा जानकारी लागि अनुरोध गरिन्छ ।
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयरर बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ ।















प्रतिक्रिया