६ कार्तिक २०८३, शुक्रबार

नेशनल लाइफ इन्स्योरेन्सद्वारा वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यावसायिक एजेन्सी लिडरहरूको सम्मानमा दुईदिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ ।

पुस २ र ३ गते कास्कीको पोखरास्थित ग्र्यान्डी होटेलमा सम्पन्न ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यावसायिक एजेन्सी लिडरहरूलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले ‘सम्मान एवम् चियरपर्सन क्लब सदस्यता २०७७/०७८’ प्रदान गरिन् ।

उक्त कार्यक्रममा देशभरबाट आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवम् एजेन्सी सञ्जालको आधारमा प्रथम, द्वितीय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरूलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरूमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितीय र युवराज वास्तोला तृतीय भएका छन् । यसैगरी अभिकर्ता सञ्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वितीय र टीका प्रसाद खरेल तृतीय भएका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सञ्जाललाई थप व्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीकी अध्यक्ष एवम् चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरूबाट देशैभरि रहेका अभिकर्ताहरूलाई आफ्नो व्यावसायिक दक्षता वृद्धि गरी व्यावसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने धारणा व्यक्त गरिन् ।