
काठमाडौं, ४ पुस । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार द सोल्टी होटेल काठमाडौंमा आयोजना भएको छ ।
लिभिङ विथ आईसीटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आईसीटी अवार्ड २०२१ प्रदान गरिएको थियो । छ्रैटौं संस्करणको रूपमा आयोजना भएको आईसीटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रकृया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।
एफवान सफ्ट आईसीटी अवार्ड अन्तर्गत पायोनियर आईसीटी अवार्ड २०२१ बाट आईसीटी विज्ञ मनोहर कुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आईसीटी अवार्ड २०२१ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गरिन । आन्टप्रेनर आईसीटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधानले प्राप्त गरे । नेपाली डायस्पोरा आईसीटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको थियो ।

आईसीटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गर्भनेन्स आईसीटी अवार्ड यस वर्ष भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढी सरकारी सस्थाहरूको प्रतिस्प्रधामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आईसीटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको थियो । डिजिटल एजुकेशन आईसीटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमश कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन ।
अवार्डमा महत्वपुर्ण र प्रतिस्प्रधात्मक रूपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरूमध्ये ह्वावे स्टार्टअप आईसीटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आईसीटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरूले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यि तिन विधाका उत्कृष्ट १०र१० गरि ३० मध्येबाट पब्लिक च्वाइस आईसीटी अवार्ड बगभीले प्राप्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द« बहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. बैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका माननिय सदस्यहरू डा. पुष्प रमण वाग्ले र डा. राम कुमार फुयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए । अर्थमन्त्रीका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द«« उप्रेती र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ लगायत विशिष्ट व्यत्तिहरूको उपस्थिति रहेको कार्यक्रममा विजेताहरूले अवार्डसँगै विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन । कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सरकारी सस्था, बैंक तथा कर्पोरेट, आइटी, शिक्षा क्षेत्रसँगै उद्यमी र स्टार्टअपहरूबो बाक्लो उपस्थिति रहेको थियो ।
७ सयभन्दा बढीको प्रत्यक्ष उपस्थिति रहेको कार्यक्रममा र हिमालय टेलिभिजन, अनलाइन र हाम्रोपात्रोबाट अवार्डको कार्यक्रम प्रत्यक्ष प्रशारण भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै आयोजक समितिका अध्यक्ष राजन लम्सालले आईसीटी अवार्ड सबैको सहकार्यमा नेपाली स्टार्टअप, इन्नोभेसन तथा डिजिटल इकोसिस्टमको विकासको लक्ष्यका साथ अघि बढी रहेको महत्वुर्ण अभियान रहेको बताए ।

अवार्ड विजेताले महत्वपुर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका ३ विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई ३ लाख रकम पुरस्कार, ह्वावेले ५ स्टार्टअपलाई ३ लाखबराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई निशुल्क कन्सल्टेन्ट र २ विद्यालयलाई एकवर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिसहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी सस्थाहरूले थप पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर कार्कीले आईसीटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्याउने बताए । कार्कीेले यस क्षेत्रमा काम गर्ने युवालाई आईसीटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्याएको बताउदै मन्त्रालयले यो क्षेत्रको विकासको लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने बताए । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुष्ठ अर्यालले आईसीटी अवार्डले डिजिटल नेपाल र डिजिटल रूपान्तरणको लागि विभिन्न ढंगले काम गरिरहेकोले सरकारलाई थप जिम्मेवार हुने सन्देश दिएको बताए । अवार्डले भोलिका दिनमा इन्नोभेसनमा काम गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्ने अर्यालको भनाइ छ ।

अवार्ड वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले आईसीटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताए । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आईसीटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.पुष्प रमण वाग्लेले देशमा सुशासन कायम राख्न आईसीटीको प्रयोग गर्नुपर्ने बताए ।
उनले अवार्ड मार्फत प्रविधिमा रूपान्तरण गर्न खोजेको बताए । शिक्षा, विज्ञान तथा प्रविधि सचिव शुरेश आचार्य, अर्थमन्त्रीका सल्लाहकार डा. उप्रेती लगायतले अवको भविष्य आईसीटीले नै ड्राइभ गर्ने हुदा स्टार्टअप, इन्नोभेसनसँगै डिजिटल इकोसिस्टम बलियो बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा अझ धेरैै काम गर्नुपर्ने बताए ।
![]()
यस वर्षको आईसीटी अवार्डको शिलसिलामा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता तथा अवार्ड प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनहरू सञ्चालन भएका थिए । आईसीटी अवार्डका जुरी कोअर्डिनेटर हेमापाल श्रेष्ठले ४ महिनाको गहन अध्ययन र विभिन्न ७ चरणको छनोट पश्चात विजेता छनोट गरिएको दिए । अवार्ड छनौटको लागि १२ जुरी सदस्य र १५ सल्लाहकार समिति रहेको थियो । जुरी संयोजक शुशिल पोख्रेलले आईसीटी अवार्ड एक पुरस्कार वितरण कार्यक्रममात्र नभएर यो डिजिटल इकोसिस्टम र इकोनोमिको बलियो आधार तयार पार्ने इनिसिएटिभ्स भएको बताए ।
एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३५ भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आईसीटी अवार्ड २०२१ को मुख्य प्रायोजन एफवान सफ्ट, सह प्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् ।

त्यस्तै पावर्ड पार्टनरमा ह्वावे र डिशहोम फाइबरनेट, क्याटोगोरी स्पोन्सरमा एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । अवार्ड कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि केन्द«, नाष्ट, उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको छ । यसैगरी प्रेसिडेन्सियल बिजनेस स्कुल, रिसेक्युरिटी, अप्लाई जब, इसेवा मेन्टर ल्याब, एमिनेन्स वेज, डायनामिक टेक्नोसफ्ट, टेक्सास इन्टरनेटसनल, नेपाल बैंक लिमिटेड, फ्युज मसिन्स, बारकोड नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, हाम्रो पात्रो र प्लान्ट डि नेपाल लगायतका संस्थाहरूको सहकार्य रहेको थियो ।
यि हुन एफवान सफ्ट आईसीटी अवार्ड २०२१ विजेताहरू
१. ह्वावे स्टार्टअप आईसीटी अवाड – खेती भेञ्चर
२. प्रडक्ट आईसीटी अवार्ड– मिखा
३. राइजिङ स्टार आईसीटी अवार्ड – मशुर
४. नेपाल बैंक पायोनियर आईसीटी अवार्ड– मनोहर कुमार भट्टराई
५. एनसेल वुमन आइकन आईसीटी अवार्ड– गुण केशरी प्रधान
६. आन्टरप्रेनर आईसीटी अवार्ड– दिपेश प्रधान, योमरी
७. नेपाली डायस्पोरा आईसीटी अवार्ड– प्रशन्न ढुंगेल, ग्रोवाइडेटा
८. डिजिटल सर्भिसेस आईसीटी अवार्ड – नेपाल क्लियरिङ हाउस लिमिटेड
९ं डिजिटल सर्भिसेस आईसीटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
१०.डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
११. डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
१२. पब्लिक च्वाइस आईसीटी अवार्ड– बगभी















प्रतिक्रिया