६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँले कमी आएको छ । जस अनुसार छापा वाला सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा पाँच रुपैयाँले घट्दै आज प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।