६ कार्तिक २०८३, शुक्रबार

नेसनल लाइफ इन्स्योरेन्सले ल्यायो सावधिक अमृत बीमालेख

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको आय, बचत र सुरक्षालाई ध्यानमा राख्दै जीवन सावधिक अमृत बीमालेख नामक नयाा योजना ल्याएको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरिन् ।

कम्पनीका अनुसार यस योजनामा बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रुपमा उपलब्ध गराइने छ । यस बीमा लेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित बोनसले आफू र आश्रित परिवारलाई समेत आर्थिक सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

आफ्नो आयस्रोत अनुसार ५० हजार माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भएपनि परिवारजनलाई एकमुष्ठ बीमाङ्क र बोनस प्रदान हुनेछ । मुनाफामा सहभागी हुने यस बीमा लेखबाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुने कम्पनीको दाबी छ ।

जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।